यौन दुराचारको आरोपमा नजरबन्दबाट मुक्त भएका अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रास कान फेरि अफ्ठ्यारोमा

यौन दुराचारको आरोपमा नजरबन्दबाट मुक्त भएका अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका
पूर्व प्रमुख डोमिनिक स्ट्रास कान फेरि अफ्ठ्यारोमा परेका छन् । कानले आफुमाथि
बलात्कारको प्रयास गरेको आरोप लगाउने महिलाको अन्तर्वाता पहिलो पटक सार्वजनिक भएपछि
कान अप्ठ्यारोमा परेका हुन् । अमेरिकाको न्युयोर्कस्थित म्यानहटन होटेलमा काम गर्ने
३२ वर्षिय नफिसातु डिएलो नामकी महिलाले न्यूज विक म्यागजिनलाई अन्तवार्ता दिदै
आफुले अदालतमा दिएको बयान शत प्रतिशत सत्य भएको दाबी गर्दे कानले जेल सजाय पाएका
हेर्न चाहेको बताएकी छिन् ।

गत मे १४ मा ६२ बर्षिय कान बसेको कोठा सफा गर्न जादा
आफुमाथि यौन दूव्र्यबहार भएको आरोप लगाउदै डिएलोले अदालतमा बयान दिएकी थिइन् ।तर
उनको बयानमा एकरुपता नभएको भन्दै कानलाई मुक्त गरिएको थियो । अधिकारीहरुले कान
बिरुद्धका सबै आरोपहरु अन्त्य गर्ने बिचार गरिहेकै समयमा यस्तो अन्तर्बाता
सार्बजनिक भएकोले पुन कान बिबादमा तानिने अनुमान गरिएको छ । महिलाले आफुमाथि
जबर्जस्ती गरेका कानलाई रिहा गरेर पैसा र शक्तिको आडमा सत्य कुरा दबाउन नमिल्ने
बताएकी छन् ।

कानले भने नफिसातु र आफुबीच सहमतिमा सम्बन्ध स्थापित भएको दाबी गरेका
छन् । उनका वकिलले पनि नफिसातुको अन्तर्बाता सहि नभएको प्रतिक्रिया दिएका छन् ।