सिरियामा आधा शताब्दीपछि पहिलो पटक राजनीतिक दल खोल्न अनुमति दिइने भएको छ ।
सिरियाली सरकारले दल खोल्न पाउने सम्बन्धी कानुनको ड्राफ्ट स्वीकार गरेको त्यहाँको
सरकारी सञ्चार माध्यमले जनाएको छ । तर धर्म, जात वा क्षेत्रीयताका आधारमा दल खोल्न
भने प्रतिबन्ध लगाइएको छ ।
राजनीतिक दलले प्रजातान्त्रिक मान्यता पालन गर्नुपर्ने
उल्लेख गरिएको छ । सिरियामा गत मार्चदेखि राष्ट्रपति बशर अल असादको राजीनामा माग
गर्दै भएको विरोध प्रदर्शनमा बहुदलीय शासन प्रणाली पनि प्रमुख माग रहँदै आएको छ ।
सन् १९६३ को सैनिक कु बाट सत्तामा आएको बाथ पार्टीले अरु विपक्षी पार्टीमाथि
प्रतिबन्ध लगाउदै एकछत्र शासन गरिरहेको छ ।
सिरियामा विगत चार महिना यताको सरकार
विरोधी प्रदर्शनका क्रममा १४ सय सर्वसाधरण र ३ सय ५० भन्दा सुरक्षाकर्मी मारिइसकेको
मानवअधिकारकर्मी संगठनहरुले जनाएका छन् ।