टेलर व्यवसायी संघ अर्घाखाँचीको दोश्रो जिल्ला अधिवेशन संम्पन्न

– शोभाखर पन्थी

साउन-११ अर्घाखाँची  ।  टेलर व्यवसायी संघ अर्घाखाँचीको दोश्रो जिल्ला अधिवेशन नयाँ नेतृत्वको चयन गर्दै सम्पन्न भएको छ । 

  अधिवेशनले कृष्ण परियारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमितीको चयन गरेको छ । 

 समितीको उपाध्यक्षमा रिमा भुसाल  सचिव प्रकाश दर्नाल  सह सचिव हुमा विक र कॊषाध्यक्षमा पदम सुनाम रहेका छन  ।

अधिवेशनमा घरेलु तथा साना उद्योग विकास समितीका वरिष्ठ अधिकृत नारायण कोइराला  निमित्त स्थानीय विकास अधिकारी धु्रवराज गिरी  जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत गोविन्द ज्ञवालीपरियार सेवा समाजका केन्द्रिय सदस्य राम बहादुर परियार सुनचाँदी व्यवसायी संघका अध्यक्ष कृष्ण सुनार  परियार सेवा समाजका सचिव घनश्याम परियार लगायतले मन्तव्य राख्दै टेलर व्यवसायीका समस्या प्रति राज्यको ध्यानकार्षण गराएका थिए ।

कार्यक्रम कृष्ण परियारको स्वागत मन्तव्य र पृतम दलितको संचालनमा संम्पन्न भएको थियो ।

साथै अधिवेशनले बजार अनुगमनका लागी ५ सदस्यीय समिती समेत चयन गरेको छ ।

अनुगमन समितीमा मनिराम परियार गोपाल भुसाल पि्रतम दलित पशुपति परियार र कृष्ण परियार रहेका छन् ।