अर्घाखाँचीका संचारकर्मिहरुले एचआईभी एड्स रोकथामका लागि कलम चलाउने

– शोभाखर पन्थी

साउन-११ अर्घाखाँची । अर्घाखाँची जिल्लाका संचार कर्मिहरुले एचआईभि एड्सको रोकथामका लागि कलम चलाउने भएका छन् ।

सकि्रया सेवा समाज अर्घाखाँचीको आयोजनामा मंगलवार सन्धिखर्कमा आयोजित एचआईभि एड्स सम्बन्धि संचार कर्मिहरुका लागि आयोजित सचेतना कार्यक्रममा सहभागी जिल्लाका कि्रयासिल पत्रकारहरुले सचेतनाको अभावमा एचआईभि एड्स संक्रमण बढ्दै गएको बताउँदै संचारका माध्यमबाट एचआईभि एड्स रोकथामका लागि प्रयासरत रहने बताए ।

उनीहरुले एच आई भि एड्स संक्रमितको समाचार संप्रेषण गर्दा एच आई भि एड्स संक्रमितको मनोवल बढाउनुका साथै गोपनियतालाई समेत ख्याल गरेर अगाडि बढ्ने बताए ।

जिल्लाका १ दर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा सकि्रय सेवा समाजका प्रशिक्षक गोविन्द भट्टराई लगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी सचिव प्रेमनारायण आचार्य केन्द्रिय पार्षद विरेन्द्र केसी चौतारिका अध्यक्ष पार्वता श्रेष्ठ एच आई भि संक्रमित पार्वता बन्जाडे लगायतले मन्तव्य राखेका थिए ।