नगरपालीकामा समाबेस गर्न माग गर्दै खाँचीकोटका स्थानीय बासिन्दाद्धारा चक्काजाम

 
– प्रेमनारायण आचार्य 
अर्घाखाँची १० साउन ।  गोरुसिङे सन्धिखर्क सडक अन्तर्गत  अर्घाखाँचीको खाँचीकोट फुदबाङमा स्थानीय बासिन्दाले (२०६८ श्रावण १०) मंगलवार बिहान चक्काजाम गरेका छन् ।

सन्धिखर्कको सदरमुकाम रहेको स्थानवाट २ किलोमिटर दूरीमा रहेको खाँचीकोट गाविसलाई हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा समाबेस नगरिएको बिरोधमा स्थानीय बासिन्दाले चक्काजाम गरेका हुन् । 

टाढा रहेका नरपानी र वांगलालाइ नगरपालीकामा समाबेस गर्दा समेत सदरमुकामबाट नजिक रहेका स्थानलाई नसमेटेको भन्दै स्थानीय बासिन्दाले बिहान  ९ देखि १० बजे सम्म १ घण्टा चक्काजाम गरेका हुन् ।

खाँचीकोटलाई नगरपालीकामा समाबेस गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत स्थानीय बिकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका खाँचीकोटका स्थानीय बासिन्दाले पहिलो चरणको बिरोध स्वरुप चक्काजाम गरेका छन् ।

नेपाल सरकारले हालै अर्घाखाँचीमा पहिलोपटक सन्धिखर्क  वांगला र नरपानी गाविसलाई समेटेर सन्धिखर्क नगरपालीका घोषणा गरेको थियो । 

  नगरपालीकामा सदरमुकाम सन्धिखर्कबाट नजिकमा रहेका खाँचीकोट  अर्घा  किमडाडाका बासिन्दाले नगरपालीकाको उचित सिमांकन नभएको भन्दै बिरोध जनाउदै आएका छन् ।

( तस्बिरः नगरपालीकामा समाबेस गर्न माग गर्दै खाँचीकोटको फुदबाङमा चक्काजाम)

गाबिस सचिब मनिराम भट्टराईको अध्यक्षतामा बसेको सर्बदलिय, नागरिक समाजले बुझाएको ज्ञापनपत्र- 

 
खाचिकोट स्थित फुडवाङ प्रवेश मार्ग । तस्बिर- फेसबूक / अर्घाखाँचीडट्कम