आतंककारी आक्रमणबाट निर्दोष सर्बसाधारण मारिएपछि शोकमा डुबेको नर्वेमा मृतकहरुको
सम्झनामा बिशाल गुलाफ -याली आयोजना भएको छ । शुक्रबारको आक्रमणबाट मारिएकाहरुको
सम्झनामा राजधानी ओस्लो लगायतका बिभिन्न शहरहरुमा र्याली निस्किएको हो । र्यालीमा
सहभागिहरु सबैले हातमा गुलाफको फुल र मैनबत्ति बोकेका थिए । विशाल -यालीलाई सम्बोधन
गर्दै प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले प्रजातन्त्रप्रतिको लगावका लागि जनतालाई
धन्यवाद दिनुभयो ।
नर्वेमा बिस्फोट र अनधाधुन्द गोली प्रहारमा ९३ जना
मारिएको भनिए पनि प्रहरीले ७६ जना मात्र मारिएको जनाएको छ । गत शुक्रवार उटोइया
टापुमा आयोजित युवाहरुको क्याम्पमा एक यूवाले अन्धाधुन्ध गोली प्रहार गर्दा ६८ जना
र उक्त घटनाको एक घण्टा अघि राजधानी ओस्लोको सरकारी भवन रहेको क्षेत्रमा गराइएको
विष्फोटमा ८ जना मारिएको प्रहरीले जनाएको छ ।