परम्परागत प्रतिद्धन्दी भारत र पाकिस्तानबीच नयां दिल्लीमा उच्चस्तरिय वार्ता

परम्परागत प्रतिद्धन्दी भारत र पाकिस्तानबीच नयां दिल्लीमा उच्चस्तरिय वार्ता भएको
छ ।

दुबै मुलुकका विदेशसचिवहरुले आज हुने विदेशमन्त्री स्तरिय वार्ताको अन्तिम
एजेन्डाका लागि छलफल गर्दै विश्वासिलो वातावरण बनाउने प्रयास गरेका छन् । विदेशसचिव
स्तरिय बैठकले पछिल्ला दिनमा विभिन्न स्तरमा भएका वार्ताको समिक्षा गरेको बताइएको छ
। वार्ताका लागि नयां दिल्ली पुग्नु भएकी पाकिस्तानकी पहिलो महिला विदेशमन्त्री
हिना रब्बानी खारले भारतसंग परिणाममुखी वार्ता चाहेको बताउनु भएको छ । भारतले पनि
खुला सोचका साथ सबै मुद्दामा छलफल गर्न तयार रहेको बताएको छ ।

सन् २००८ मा मुम्बइमा
भएको आतंकवादी आक्रमण पछि भारतले स्थगित गरेको दुई पक्षीय वार्ता यो वर्ष देखि
मात्र शुरु भएको हो । हालै मात्र अमेरिकी विदेशमन्त्री हिलारी क्लिटनले भारत भ्रमण
भ्रमका क्रममा भारत पाकिस्ताबीचको वार्ताले आफु उत्साहित भएको बताउनु भएको थियो ।