भ्रष्टाचारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका इजिप्टका पूर्व राष्ट्रपति होस्नी
मुबारकले ठोस खाना खान अस्वीकार गरेपछि उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको
छ ।
इजिप्टको सरकारी सञ्चार माध्यमले कायरोको शर्मा अल शेख अस्पतालमा उपचाररत
मुबारकले तनाबका कारण बाँच्न आवश्यक खाना समेत नखाएको जनाएका छन् ।
मुबारकलाई
भ्रष्टाचार र प्रदर्शनकारी मार्न आदेश दिएको आरोपमा केही दिन भित्रै अदालतमा पेश
गरिंदैछ । तर विपक्षी समर्थकहरुले भने मुबारकले अदालती कारवाही छल्ने टिप्पणी गरेका
छन् । इजिप्टमा गत फेब्रुअरीमा ८ सय ४० जनाको मृत्यु हुने गरी भएको जनविद्रोहका
कारण मुबारक सत्ता छोड्न बाध्य भएका थिए ।