दक्षिण कोरियाको उत्तरी चुन्चिवनानमा भारी वर्षा पछि आएको पहिरोमा परि १० जना भन्दा
बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै विश्वविद्यालयका विद्यार्थी रहेको वताइएको
छ ।
स्वयंसेवकको रुपमा त्यस क्षेत्रमा पुगेका विद्यार्थीहरुको पहिरोमा परी मृत्यु
भएको हो । पहिरोमा परी अझै धेरै मानिस हराइरहेका छन् ।
मध्यरातमा आएको पहिरोका कारण
पहाडि क्षेत्रमा रहेका होटेल, रेष्टुरेण्ट र अरु पसलहरुमा व्यापक क्षति पुगेको छ ।
उद्धारकार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।