सन्धिखर्कमा शश उत्पादनबाट मासिक २५ हजार

– शोभाखर पन्थी
साउन-१२ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कका कृषक बावुराम आचार्यले सस उत्पादन गरेर मनग्य आम्दानी गरेका छन् । 

वैदेशिक रोजगारीमा २ दशक बिताएका उनले दुःख गरे अनुसार आम्दानी गर्न नसकेपछी आफ्नै घरमा बसेर ५ वर्षयता सस उत्पादन गर्दै आएका छन् । अन्य व्यापर व्यवसाय गर्न आफुसँग नगद रुपैँया नभएपछि घरमै उत्पादन भएका कृषिजन्य बस्तुको उपयोग गर्दै थोरै लागनीबाट सस उत्पादन गर्न थालेको उनको भनाइ छ ।

सस उत्पादनबाट मासिक २० देखि २५ हजार रुपैँयासम्म आम्दानी गर्ने उनले बतँए । आचार्यले घरमा उत्पादन हुने टमाटर कागति खुसा्रनी लसुन प्याज अदुवा मरीचको प्रयोगबाट दैनिक १ सय ५० बोतलसम्म सस उत्पादन गर्ने गरेका छन् ।

उनले उत्पादन गरेको सस सन्धिखर्क र चुत्रावेसि बजारमा खपत हुने गरेको छ । उनले आफुले उत्पादन गरेको सस घर घरमा लगेर बिकि्र गर्ने गरेका छन् । टमाटर चिनी स्वयाविन बिनीगर लगायतका सस उत्पादन गरेर प्रति ६.५० एम.एल बोतलको ३० रुपैँयामा बिकि्र गर्ने कृषक आचार्यले बताए ।

वैदेशिक रोजगारीमा हिड्दा ऋणमा डुबेको उनको परिवारलाई अहिले रुपैँया पैसाको कुनै कमी छैन घर खर्च चलाउन र छोरछोरीहरुलाई पढाउन आफ्नो कमाइले राम्रोसँग चलेको आचार्यको भनाई छ ।

उनले आफ्नो आम्दानीबाट छोरा छोरीलाई शहरका क्याम्पस र राम्रो स्कुलमा पढाउँदै आएका छन् । सुरु-सुरुमा आफुले सस उत्पादन गर्छु भन्दा नपत्याएर गिज्याउनेहरु पनि अहिले आफ्नो पेसा देख्दा लोभिने गरेको आचार्यको भनाइ छ ।

वदेशिक रोजगारिका लागि भौतारीएर खाडी मुलु धाउने नेपाली दाजुभाईहरुलाई सन्धिखर्क-४ का कृषक बावुराम आचार्यले जाँगर र सीप भएमा स्वदेशमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण बनेर देखाएका छन् ।