इराकको टिक्रिट शहरस्थित एउटा बैंक बाहिर गराइएको श्रृंखलाबद्ध विष्फोटमा परी
कम्तिमा 15 जना मानिस मारिएका छन् । मारिनेहरुमा प्रहरी र सेना पनि परेको बताइएको छ
। शहरको मुख्य भागमा रहेको राफिदैन बैंकमा पहिला एउटा कार वम विष्फोट गराएपछि
आत्मघाती आक्रमणकारीले आफैलाई विष्फोट गराएको थियो ।
विष्फोटको जिम्मा हाल सम्म
कसैले लिएको छैन् । इराकका पूर्व शासक सद्धाम हुसेनको गृहनगर टिक्रिटमा विष्फोट र
आक्रमणका घटना बारम्बार हुने गर्दछन् ।