नर्वेका प्रधानमन्त्री स्टोल्टेन्वर्गले हिजो ओस्लोमा भएको विस्फोट तथा उटोया द्बीपमा भएको हत्या काण्डको छानबीन गर्नका लागि नर्वेले एउटा स्वतन्त्र परिषद्को गठन गर्ने बताउनुभयो।
उहाँले हिजै प्रधानमन्त्रीको आबासभवनमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जनाउनुभएको हो। उहाँका अनुसार, त्यस परिषद् स्वतन्त्र हुनुपर्छ। त्यसको आफ्नो सचिवालय हुनुका साथै प्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई प्रमुख जिम्मेवार व्यक्ति बनाउने छ।
नर्वे सरकारले मृतकहरूको सम्झनामा सारा देशभित्र एक विशेष कार्यक्रमको आयोजना गर्नुबाहेक केही रकम छुट्याएर घाइतेहरूलाई सहायता दिने कुरा पनि श्री स्टोल्टेन्वर्गले बताउनुभएको छ।