मानब अधिकार एनाइन्स अर्घाखाँचीद्धारा शान्ती र संविधान निर्माणका लागी सभामुखको ध्यान आर्कषण

– शोभाखर पन्थी 
साउन १३  अर्घाखाँची । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय माच -नेपाल मानब अधिकार एनाइन्स अर्घाखाँचीले शान्ती र संविधानका लागी संविधान सभाका अध्यक्ष शुभाष चन्द्र नेम्वाङ्गको ध्यानकार्षण गराएको छ ।
एलाइन्सले आज प्रमुख जिल्ला अधिकारी केशवराज घिमीरे मार्फत सभामुख नेम्वाङ्गलाइ ध्यानकार्षण पत्र पठाउदै शान्ती र संविधान निर्माणको प्रमुख कार्यभार लाइ राजनितिक दलहरुले पहिलो प्राथमिकता नदिदा नेपाली जनतामा अविस्वास र अस्थिरता उत्पन्न भएको उल्लेख गर् दै सर्वदलहरुलाइ सहमतिको बाटोमा ल्याएर म्याद थप भएको समय भित्रमै संविधान जारी हुने बातावरण मिलाउन आग्रह गरिएको छ ।
 
  एलाइन्सका जिल्ला अध्यक्ष प्रेम गैरेद्धारा जारी ध्यानकार्षण पत्रमा जननिर्वाचित संविधान सभाको कुनै विकल्प नभएको जनाउदै सविधान सभाबाट नै संविभान निर्माण हुनुपर्ने र त्यसका लागी  दलहरुले ५ बुधे सहमती लगायतका संझौता अक्षरस पालना गर्नुपर्ने जनाइएको छ ।