श्रीलङ्काले विवादास्पद सङ्कटकालीन कानुनहरू यसै वर्षको अन्तदेखि खारेज गर्ने भएको छ। उक्त कुरा त्यहाँस्थित् सञ्चार मन्त्रीले गत बिहीबार बताएका हुन्।
सञ्चार मन्त्री श्री केहेलिया राम्बुक वेलाले भन्नुभयो- देशमा विद्यमान कतिपय सङ्कटकालीन कानुनहरूको सन्दर्भ हराउदै गएको र कतिपय कानुनहरू विवादास्पद रहेको हुनाले ती कानुनहरू पूर्ण रुपमा हटाइने छ।
उहाँका अनुसार, श्रीलङ्काली राष्ट्रपतिले कुनै पनि सङ्कटकालीन कानुनहरू देशमा नराख्ने इच्छा व्यक्त गर्नुभएको छ।