– पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खारको पहिलो भारत
भ्रमणका लागि मंगलबार नयाँदिल्ली ओर्लने बित्तिकै टि्वटरमा छाइन् । भारत-पाक शान्ति
वार्ताभन्दा पनि उनको कालो हर्मिज बिर्किन ब्यागले धेरैको ध्यान खिच्यो ।
दुवै देशका फेसन र सञ्चारमा भ्रमणअघि नै उनको पहिरन, मोतीको माला र फिल्मी
स्टारको जस्तो सन-ग्लासको चर्चा भयो । यी फोटोजेनिक विदेशमन्त्रीको पहिरनले दुई
पक्षीय वार्ता नै छायामा पारिदिएजस्तो देखियो । ३४ वर्षीया खारको फेसनले जति चर्चा
पायो, त्यतिकै उनको कूटनीति पनि सफल देखियो । आफूभन्दा ४५ वर्ष जेठो निकै पाका
भारतीय समकक्षी एसएम कृष्णासँगको भेटवार्तापछि उनले भारत- पाकिस्तान सहकार्यको यो
नयाँ युग
भएको समेत बताइन् । बृहद्, गम्भीर र दिगो वार्तामार्फत दुई देशबीच महत्त्वपूर्ण
मुद्दा समाधानको प्रतिबद्धता दोहोर्याएको वार्तापछि कृष्णाको भनाइ थियो । विवादित
काश्मिर सीमा क्षेत्रको तनाव कम गर्न सानो तर उल्लेखनीय सहमति उनले भारतसँग गरेको
विश्लेषकहरूले बताएका छन् ।
हुन पनि लामो समयदेखि तनावग्रस्त काश्मिरमा सीमा व्यापार र यात्रामा प्रतिबन्ध
हटाउने सहमति दुवै देशले गरेको छ । त्यस्तै आतंकवादविरुद्ध लडाइँमा सहकार्यलगायत
सहमति दुवै देशले गरेका छन् ।
गत साता मात्र विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी खारको परीक्षाको रूपमा यो
वार्तालाई लिइएको थियो । जति उनी यो परीक्षामा सफल भइन्, उनको फेसन चर्चा त्यतिकै
रोचक
रह्यो । बलिउड नायिका गुल पनागले टि्वटरमा लेखिकी छन्, ‘मुभी स्टारको जस्तो
सन-ग्लास, टाउको छोप्ने, र बिर्किनका साथ देखिएकी हिना रब्बानीको शैली मन पर्यो ।
उनी निकै बि्रलियन्ट हुन सक्छिन् । उनलाई शुभकामना ।’ उनकै देशका दर्शक पनि
त्यत्तिकै प्रभावित थिए । लाहोरको डेल टाइम्सको आइतबारे संस्करणले टि्वटरमा लेखेको
छ, ‘क्याभल्ली सन-ग्लास, ठूलो साइजको हर्मिज बिर्किन ब्याग र परम्परागत मोतीको
गहनामा उनी निकै आकर्षक देखिएकी छन् ।’ १९६० का बेलायती नायिका एवं गायिका जेन
बर्किनको नामबाट ब्यागको नाम राखिएको थियो । यो सीमित मात्र पाइएकाले यसको निकै
खोजी भएको थियो । यो निकै महँगा पथ्र्यो । डेली मेलका अनुसार सुरुमा ब्यागको मूल्य
७ हजार डलर मूल्य निर्धारण गरिएको थियो ।
हिन्दुस्तान टाइम्सको आइतबारे म्यागेजिन ब्रन्चकी स्तम्भकार सीमा गोस्वामीले भने
खार अल्मल्याउने हतियारको रूपमा प्रयोग भएको सोचेको बताइन् । टेब्लोइड पत्रिका
मुम्बई मिररको समाचार शीर्षक यस्तो थियो, ‘पाक बम भारतमा अवतरण’ । फेसन ब्लगर अमरा
जाभेदले टि्वटेका छन्, ‘क्याथरिन मिडलटन -बेलायती राजकुमार विलियम पत्नी) भन्दा बढी
खार ग्ल्यामरस छिन् ।’
सीएनएन-आइबीएनका सहायक सम्पादक सागरिका घोसले खारले यसरी टि्वटरमा लेखेकी छन्,
‘हिना रब्बानी खार सुन्दर छिन् तर यो पाकिस्तानी सम्पन्न वर्गको अंश हो, मुलुक
धराशायी भएको बेला १० हजार डलरको हर्मिज ब्याग ? यो राम्रो होइन ।’
‘महिलाहरू महान विदेशीमन्त्रीहरू हुन् र महिला राजनीतिकर्मीको रिपोर्टिङ निकै
डरलाग्दो हुन्छ भन्ने विश्वासलाई खारको समाचारले पुष्टि गरेको लन्डनस्थित
अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी लेक्चरर स्टेफनी कार्भिनले बताइन् ।
मुलुकको विदेश नीतिमा स्पष्ट मतभेद देखिकै बेला उनले कार्यबाहक विदेशमन्त्रीको
रूपमा यसै वर्ष फेब्रुअरीमा यसको नेतृत्व सम्हालेकी थिइन् । उनी पाकिस्तानमा पहिलो
महिला विदेशमन्त्री नभई कम उमेरकी समेत हुन् । अन्तर्राष्ट्रिय स्तरमा पाकिस्तानको
नरम छवि उनले प्रस्तुत गर्न सक्ने अपेक्षा धेरैले गरेका छन् ।
धेरैले उनको कम उमेर र होटल व्यवस्थापन पढाइ कमजोरीको रूपमा औंल्याएका छन् । र
यो पदका लागि उनको व्यक्तित्व र अनुभव अभाव भन्दै आलोचना गर्ने पनि छन् ।
पाकिस्तानी विदेश नीतिमा मुलुकै शक्तिशाली सेना संलग्नता इतिहास छ । सैन्य पक्षलाई
चुनौती दिन थोरै मात्र सफल भएका छन् । के उनले अरूभन्दा काम गर्न सक्लान् त ?
संसद् चुनावमा शैक्षिक योग्यता अनिवार्य हुने गरी २००२ को कानुनअनुसार धेरै
राजनीतिकर्मी असफल भएका थिए । त्यसैको रिक्ततामा उनको राजनीति सुरु भएको हो ।
अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेटबाट उनले होटल व्यवस्थापनमा स्नातकोत्तर गरेकी
छन् । उनले आफ्नो राजनीतिकर्मी बाबु गुलाम नुर रब्बानी खारको बिँडो थामेकी छन् ।
उनका बाबु पन्जाव प्रान्तको मुजफरगढ जिल्लाका ठूला जमिन्दार हुन् । फिरोज
गुल्जारसँग बिहे गरेकी उनका दुई छोरी छन् । उनले एउटा होटल पनि चलाएकी छन् ।
खारले दुई चुनाव जिते पनि उनको आफ्नै आकर्षण वा राजनीतिक वजनले नभई पारिवारिक
राजनीतिको प्रभाव भएको विश्लेषक बताउँछन् । त्यसैले राजनीतिक पार्टी फेर्दा पनि
उनले जितेकी थिइन् । २००३ मा पाकिस्तानी मुस्लिम लिग -पीएमएल (क्यु) बाट र २००८ मा
पाकिस्तान पिपल्स पार्टी (पीपीपी) बाट संसद् चुनेकी थिइन् ।
उमेर र पृष्ठभूमि जे भए पनि यस्तो उच्च पद उनका लागि नौलो भने होइन । जनरल
पर्वेज मुसरर्फको सैन्य शासनका बेला पीएमएल क्युको सरकारमा उनी आर्थिक मामिला सहायक
मन्त्री भएकी थिइन् । र, उनले उत्तरी पाकिस्तानमा सन् २००५ मा भूकम्प गएको बेला
दाता समुदायसँग काम गरेकी थिइन् । सन् २००८ मा पीपीपीले पीएमएल (क्यु) लाई हराएपछि
उनले फेरि त्यही पद पाइन् । २००९ मा राष्ट्रिय बजेट संसद्मा प्रस्तुत गर्ने पहिलो
महिला मन्त्री बनेकी थिइन् ।
गत फेब्रुअरीमा मन्त्रिपरिषद् फेरबदल हुँदा विदेशमन्त्री साह मेहमुद कुरेसीलाई
हटाएपछि उनले कार्यबाहकको जिम्मेवारी पाएकी थिइन् ।
उनी जति युवा र फोटोजेनिक छिन्, त्यत्तिकै शिक्षित र फरासिली पनि ।
अन्तर्राष्ट्रिय वार्ताकार र विश्वका टेलिभिजन दर्शकले पाकिस्तानको पुरुष पकड
समाजबाट परिवर्तनको स्वागत गर्न सक्नेछन् । पाकिस्तानको बिगि्रएको विदेश नीति
सुधार्ने आशा गर्ने पाकिस्तानीहरू कमै छैनन् ।
दशकौंसम्म विदेशी नीति सेनाको शक्तिशाली सुरक्षा संस्थापनले नियन्त्रण गरेको
थियो । राष्ट्रिय सुरक्षा प्राथमिकता र कूटनीतिक निष्कर्षबीच विच्छेदको अवस्था यसले
प्रतिविम्बित गर्छ । छिमेकीसँग मतभेद हटाउनु विदेश मन्त्रालयको मुख्य कार्य हो ।
यसको मतलब क्षेत्रीय व्यापार प्रवर्द्धन र आर्थिक अवसर सिर्जना गनर्ु हो । जुन
सैन्य प्राथमिकताले बन्धक बनाएको छ । विपक्षी नेता नवाज सरिफले भारत, अफगानिस्तान,
अमेरिका र अन्य मुलुकसँगको नीति जनरलहरूले नभई संसद्ले तय गनर्ुपर्ने बताएका छन् ।
२००८ मा सत्तामा आएपछि पीपीपीले सेनामाथि नियन्त्रण गर्न र विदेश नीति नियन्त्रण
गर्न पटक-पटक प्रयास गरेको थियो । तर सफल हुन सकेन । स्वदेशी राजनीतिकर्मी र
क्षेत्रीय प्रतिद्वन्द्वी भारत र अफगानिस्तानसँग सम्बन्धमा पुनर्विचारका लागि सेना
आफैंमाथि अन्तर्राष्ट्रिय र स्वदेशी दबाब बढेको छ । अमेरिका र भारत विरोधी
दृष्टिकोण मुलुकका केही महत्त्वपूर्ण खेलाडीहरूले कम्तीमा अहिलेका लागि कायम
राख्नुपर्ने धेरै पाकिस्तानीको अपेक्षा छ । खारले केही पनि प्रभाव पार्न नसक्ने
विश्लेषकहरूले बताइरहेकै बेला खारको तीनदिने भारत भ्रमण सफल देखिएको छ । फेसन चर्चा
जतिकै उनको कूटनीतिको पनि धेरैले प्रशंसा गरेका छन् ।