विश्वकै शक्तिशाली मुलुक अमेरिका ऋण संकटमा रुमल्लिएको छ । अमेरिकी संसदको तल्लो
सदन हाउस अफ रिप्रिजेन्टेटीभले पास गरेको ९ सय बिलियन डलरको ऋण विधेयक अमेरिकी
सिनेटले खारेज गरेपछि यसबारे गतिरोध सिर्जना भएको छ । डेमोक्र्टिक पार्टीको बहुमत
रहेको सिनेटमा यो विधेयक फेल हुने आशंका पहिल्यै गरिएको थियो । प्रतिनिधि सभामा
भएको मतदानमा रिपब्लिकनकै २२ सांसदले विधेयकको विपक्षमा मत दिएका थिए । अगष्ट २
तारिख अर्थात् आउँदो मंगलबारसम्म ऋण भुक्तान गर्न नपाए अन्तर्राष्ट्रिय स्तरमै
अमेरिकाकै साखमा विपरित प्रभाव पर्ने सरकारले जनाएको छ ।
यो योजनाले ऋण चुकाउन मद्दत पु