नेटोले लिवियाको राजधानी ट्रिपोलीमा हवाई आक्रमण गरेर सरकारी टेलिभिजनका तीनवटा ट्रान्समिशन ध्वस्त

नेटोले लिवियाको राजधानी ट्रिपोलीमा हवाई आक्रमण गरेर सरकारी टेलिभिजनका तीनवटा
ट्रान्समिशन ध्वस्त बनाएको जनाएको छ । लिवियाली शासक कर्णेल गद्धाफीको अनावश्यक
प्रचारवाजी रोक्न र उनको शासनमा सर्वसाधरणमाथिको अत्याचार कम गर्न आक्रमण गरिएको
नेटाले जनाएको छ ।

तर आक्रमणपछि पनि लिवियाली सरकारी टेलिभिजनको प्रसारण भने जारी
रहेको बताइएको छ । लिवियामा गद्धाफीको आक्रमणबाट सर्वसाधरणलाई बचाउन भन्दै संयुक्त
राष्ट्रसंघको म्याण्डेट अनुसार नेटो गठबन्धन सेनाले गत मार्च देखी हवाई आक्रमण
गरेको छ । राजधानी ट्रिपोली नेटो आक्रमणको निशाना बन्दै आएको छ ।