भियतनामको एक जुत्ता कारखानामा आगलागी हुंदा १७ भन्दा बढीको मृत्यु

भियतनामको उत्तरी शहर हाई पोंगको एक जुत्ता कारखानामा आगलागी हुंदा १७ भन्दा बढीको
मृत्यु भएको छ । मर्नेहरुमा दश जना महिला छन् ।

आगलागीमा परि २१ जना घाइते भएका छन्
। वेल्डिङ मेसिनबाट निस्किएको आगोको ज्वाला कारखानाको छतमा सल्किएको बताइएको छ ।

आगो लागेपछि कारखानाको छत खसेर प्रवेश द्धार थुनिएका कारण बढी मानवीय क्षति भएको
अधिकारीहरुले जनाएका छन् । घटनाबारे अनुसन्धानका लागि कारखानाका संचालकसहित ६
जनालाई नियन्त्रणमा लिइएको छ ।