अर्घाखाँची: औषधि अभावमा संक्रमितको ज्यान जाने खतरा

– वीरेन्द्र केसी

 

अर्घाखाँची । एचआईभी संक्रमितले नियमित सेवन गर्ने औषधि जिल्लामा उपलब्ध नहुँदा समस्या परेको छ ।

 

नियमित सेवन गर्ने एन्टी रेट्रो भईरल एआरबी औषधि निशुल्क उपलब्ध हुने भएपनि जिल्लामै नपाईदा अधिकाश नियमित रुपमा औषधि खान नसकिएको संक्रमितहरुको गुनासो छ । औषधि लिनकै लागि प्रत्येक महिना बुटवल काठमाडौ जानुपर्ने भएकाले आर्थिक अभावले लिन जान नसकिएकाले जिल्लामै उपलब्ध गराईदिन माग गरेका छन।

 


एचआईभी संक्रमितहरुको सस्था सन्देश सहयोग समुहकी अध्यक्ष पार्वता बन्जाडे एचआईभी संक्रमितहरुको लागि एआरभी औषधि अभावको समस्याका बारेमा जानकारी दिदै ।

 

एचआईभी नियन्त्रणका क्षेत्रमा काम गरिरहेका गैरसरकारी सस्था र संक्रमितहरुको सस्थाका अनुसार जिल्लामा ३० जनाले नियमित औषधि सेवन गरिरहेका छन । उनीहरुको आर्थिक अवस्था अत्यन्तै दयिनिय भएकाले औषधि लिन जान सक्ने अवस्था धेरैको छैन सचारकर्मीसँग भएको अन्तरकि्रया कार्यक्रममा एचआईभी संक्रमितहरुको सस्था सन्देश सहयोग समुहकी अध्यक्ष पार्वता बन्जाडेले भनिन घरमा विहान बेलुका छाक टार्न धै-धै भएका संक्रमितहरुले कसरी बाहिर गएर औषधि खान सक्छन  औषधि लिन प्रत्येक महिना बाहिर जाँदा कम्तिमा पनि दुई तीन हजार रुपैयाँ खर्च हुन्छ उनले भनिन प्रत्येक महिना पैसा जुटाउन समस्या पर्ने गरेको छ । अधिकाश संक्रमितहरु  आार्थिक अभावमा औषधि खाने कि नखाई बसेर मर्ने भन्ने स्थितिमा रहेको उनको भनाई छ । संक्रमित भएका अधिकाका श्रीमान श्रीमती मध्ये एक गुमाएका छन ।

 

संक्रमित भएपछि काम गर्न नसक्ने र अन्य आम्दानी स्रोत नभएकाले र थौरै रकम पनि उपचारमै सकिने भएकाले जिल्लामै उपलब्ध गराउनुपर्ने किमडाँडाकी विपना थापाले गुनासो गरिन । संक्रमितहरुको आर्थिक अवस्था कमजोर भएकाले औषधि लिन बुटवल जानुपर्दा घरमा खान र छोराछोरीको पढाईमा समेत समस्या पर्ने गरेको उनले बताईन । तत्काल जिल्लामै एआरबी औषधि उपलब्ध नगराईए पैसा नभएकै कारण संक्रमितहरुको ज्यान जान सक्ने खतरा बढदै गएको एचआईभीको क्षेत्रमा काम गर्दै आएको सकि्रय सेवा समाजका जिल्ला संयोजक बालकृष्ण खत्रीले बताए ।

 

जिल्लामा प्रेरणा र सकि्रय सेवा समाज र जिल्ला एडस समन्यवन समितिले तीन वर्ष देखी एचआईभी नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका छन । उनीहरुका अनुसार जिल्लामा अहिलेसम्म ८१ जना पहिचान भएकामध्ये ६८ जना संक्रमित भेटिएका छन । जसमध्ये १७ जनाको उपचार अभावमा ज्यान गईसकेको छ भने ३० जनाले नियमित रुपमा एआरबी सेवन गर्ने छन । तत्कालै जिल्ला अस्पतालमा एआरबी औषधि उपलब्ध नगराईए बुटवल जानको लागि खर्च नभएका र कमजोर संक्रमितहरुको ज्यान जान सक्ने खतरा रहेको जनाएका छन ।