सन्धिखर्कमा क्षयरोग सम्बन्धिसचेतना गोष्ठि सम्पन्न

– शोभाखर पन्थी

अर्घाखाँची साउन १६ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा क्षयरोग सम्बन्धित एक दिने सचेतना अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।

गोष्ठिमा मन्तव्य राख्दै जिल्ला स्वास्थ्य कार्याल्यका प्रमुख डा. चित्र प्रसाद शर्मा वाग्लेले क्षयरोगको नियन्त्रणका लागि सबै पक्षले सहयोग पुर् याउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य कर्मि शोभाखर पोखे्रल शम्भु लाल कर्ण युवा वर्ष जनता रविचित्र मावि हटारीनेटाका प्रेमनारायण भुसाल लगायतका वक्ताहरुले मन्तव्य राख्दै स्वस्थ्यलाई सर्वसुलभ बनाउनुका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । 

कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।