भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल कतार
………………………………………….
पर्खि
बसें चौतारीमा,फर्की आउने बाटो कुरी
वर्षौँ
बिते पर्खाईमा, फर्की आई न निस्ठुरी
हिउँद
गयो बर्षा लाग्यो,तिम्रो बाटो हेरी हेरी
कैयौं ॠतु
आए गए ,पालुवाको पात फेरी
भमराको
भेष गरी, डुली हिंडे गाउँ भरी
तिम्रो
खबर नपाउँदा,यो मनमा चल्छ छुरी
सँगै
जिउने सँगै मर्ने,बाचा कसम खाकै थियौ
बाचा
कसम तोडी गयौ,दुई मुटुको बढ्यो दुरी
नजरैको
तीर हानी ,कुन पापीले आँखा लायो
कसलाई
दिउँ दोष, मैले कहाँ दिउँ उजुरी
फूलै
फूल डुली हिंड्ने,रैछ तिम्रो आनी बानी
छोडी जाने
निस्ठुरीलाई,धन्याबाद मुरी मुरी