बेलायती संचार संस्था वीवीसीको कमर्चारी कटौती योजना विरुद्ध उत्रिएका वीवीसीका
पत्रकारहरुले दोस्रो चरणको कार्यक्रम अन्तर्गत २४ घण्टे हड्ताल आह्वान गरेका छन् ।
समस्या समाधानका लागि भएको वार्ता विफल भएपछि तीन हजार पत्रकार सदस्य रहेको नेशनल
युनियन अफ जर्नलिष्टका पदाधिकारी बैठक छोडेर निस्किएका थिए ।
बीबीसीका प्रवक्ताले संस्थाको निर्णयले कमर्चारीलाई बाधा पुगे पनि अनिवार्य
कटौति गर्न नहुने माग मान्न नसकिने बताएका छन् ।बीबीसीले हड्तालका कारण संस्थाको
काममा कम भन्दा कम असर पुग्ने आशा गरिएको जनाएको छ । बीबीसीले यसअघि पनि आर्थिक
समस्या देखाउँदै विभिन्न भाषामा प्रसारण हुंदै आएका रेडियो सेवा बन्द गरिसकेको छ ।