अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाले देशको ऋण सीमा बढाउने विधेयक पारित गरेको छ
। यो विधेयक माथिल्लो सदन सिनेटले पनि पारित गरेपछि राष्ट्रपति बाराक ओबामाले
हस्ताक्षर गरी कानुनको रुप दिएका छन। १४ खर्ब डलर ऋणको सीमा २ दशमलव ४ खर्ब
बढाउने र आगामी दश बर्षमा खर्च १ खर्ब डलर घटाउने सम्झौता सोमबार सत्ताधारी
डेमोक्रेटिक र विपक्षी रिपब्लिकन पार्टीवीच भएको थियो ।
यस अघि रिपब्लिकनहरुको बहुमत रहेको प्रतिनिधिसभाले पारित गरेको विधयेक माथिल्लो
सदन सिनेटले अश्वीकार गर्दा अमेरिकी अर्थब्यवस्थामा गतिरोध देखिएको थियो । विश्वको
ठुलो अमेरिकी अर्थ ब्यवस्थामा केही दिनदेखिको गतिरोधले शेयर बजारमा नकारात्मक
प्रभाव पार्नुका साथै विश्वभरि चिन्ता बढाएको थियो ।
अमेरिकामा ऋणको सीमा बढाउन भएको सहमतिको चीनले स्वागत गरेको छ । अमेरिका चिनिंया
सामानहरुको प्रमुख बजार हो । आजसम्ममा ऋणको सीमा बढाउनेबारे सहमति नभएको भए अमेरिकी
सरकारलाई साना तिना खर्च गर्न पनि मुस्किल हुने र विश्व अर्थ ब्यवस्थामा नकारात्मक
असर पर्ने आकलन गरिएको थियो ।