सिरियाको उत्तरी शहर हामालाई नियन्त्रणमा लिन सरकारी सेनाले प्रयास जारी

सिरियाको उत्तरी शहर हामालाई नियन्त्रणमा लिन सरकारी सेनाले प्रयास जारी राखेका छन्
। मुस्लिमहरुको महान पर्ब रमाजानको पहिलो दिन प्रार्थना सकेर रोजा तोड्न लागेका
जनता माथि उनिहरुले अन्धाधुन्ध गोली प्रहार गरेका छन् । आइतबारबाट सरकार बिरुद्ध
प्रदर्शनमा सहभागिमाथि सेनाले धावा बोलेको थियो ।

हामा र अन्य शहरमा सेनाको पछिल्लो
कारवाहीबाट १ सय ३५ जनाको ज्यान गएको मानबअधिकारकर्मीले बताएका छन् । बख्तरबन्द
गाडी सहित शहर प्रबेश गरेका सेनाले अत्याधुनिक मसिनगनबाट प्रदर्शनकारीमाथि
अन्धाधुन्ध गोली बर्साएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या
अझै बढ्न सक्ने बताइएको छ । आज राजधानी दमासकसमा पनि सुरक्षाकर्मी र प्रदर्शनकारी
बीच झडप भएको अपुष्ट समाचार प्राप्त भएको छ । प्रदर्शनकारी माथि गरिएको बर्बर दमनको
अमेरिका, जर्मनी, रुस लगायतका देशले निन्दा गरेका छन् । आइतबारको हिंसा पछि
यूरोपेली संघले सिरियामाथि थप प्रतिबन्ध लगाएको छ ।

यसैबीच न्यूयोर्कमा
भएको संयूक्त राष्ट्रसंघिय सुरक्षा परिषदको बैठकमा सिरियामा मारिएकाहरु प्रति
श्रदान्जली ब्यक्त गरियो । बैठकमा अमेरिकी बिदेशमन्त्री हिलारी क्लिण्टनले सिरियाली
जनताका लागि यो कठिन घडि भएकोले अन्तराष्ट्रिय समुदायले उनिहरुलाई साथ दिनुपर्नेमा
जोड दिनुभयो ।

सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको
राजीनामा माग गर्दै भएको प्रदर्शनमा १५ सय प्रदर्शनकारी र ३ सय ५० सुरक्षाकर्मी
मारिएको विभिन्न मानवअधिकारवादी संगठनहरुले जनाएका छन् ।