अर्घाखाँचीको सन्धिखर्क गाविसको समीक्षा बैठक सम्पन्न

– प्रेमनारायण आचार्य


यूएई डेस्क) ।  अर्घाखाँची  २० साउन ।  अर्घाखाँचीको सन्धिखर्क गाविसले आर्थीक बर्ष २०६७-६८ मा संचालन भएका योजना तथा गाविसबाट भएका कामको बारेमा आज समीक्षा बैठक सम्पन्न भएको छ ।


सन्धिखर्क गाविसले लक्ष्य भन्दा २९ प्रतिसतले बढी राजस्व संकलन गर्न सफल भएको पनि जानकारी गर्राईएको छ ।


बैठकमा गाविसबाट बिभिन्न शिर्षमा बिनीयोजन भएका योजना तथा गाविसको आम्दानी तथा खर्चको बारेमा गाविस सचिब जीबनारायण आचार्यले जानकारी गराउनु भएको थियो ।


कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , नागरिक समाज , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।