सिरियाली हिंसामा हाल सम्म कम्तिमा २ हजार सर्वसाधारणको मृत्यू, अल असदद्धारा मुलुकमा वहुदलिय प्रतिस्पर्धालाई स्विीकृत दिने घोषणा

अमेरिकी विदेश मन्त्री हिलारी क्लिण्टनले सिरियाली हिंसामा हाल सम्म कम्तिमा २ हजार सर्वसाधारणको मृत्यूको जिम्मेवार त्यहाँको सरकार भएको आरोप लगाउनुभएको छ ।

 

सिरियाली सेनाले उत्तरी शहर हामामा जारी सरकार विरोधी प्रदर्शनमा चर्को दमन गरेर शहर आफनो कब्जामा लिने प्रयास गरिरहेकै बेलामा अमेरिकाको यस्तो भनाई आएको हो । क्लिण्टनले सरकारमा बस्ने नैतिकता असादले गुमाइसकेको बताउनुभएको छ । अमेरिकी सरकारले सिरिया माथि थप प्रतिबन्ध लगाएको उदघोष पनि उहाँले गर्नुभयो ।

 

यसैबीच, सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी १६ सय भन्दा बढी मारिएको विभिन्न मानवअधिकारवादी संगठनहरुले दाबी गरेका छन् ।

 

 

 

सिरियामा राष्ट्रपति असर अल असदले मुलुकमा वहुदलिय प्रतिस्पर्धालाई स्विीकृत दिने घोषणा

 

सिरियामा राष्ट्रपति असर अल असदले मुलुकमा वहुदलिय प्रतिस्पर्धालाई स्विीकृत दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको यो कदमप्रती अधिकारकर्मीहरुले आशंका व्यक्त गरेका छन् ।

 

उनीहरुले आन्दोलनमाथि हिंसात्मक दमन भइरहेको वेला अन्यत्र ध्यान मोड्न राष्ट्रपतिले यो कदम चालेको भन्र्दै अस्विकार गरेका छन् । सिरियामा १९६३ देखि असदको सत्तारुढ पार्टीले एकलौटी रुपमा सत्ता चलाइरहेको छ । एक दलिय व्यवस्था अन्त्य गर्नु सरकार विरोधी आन्दोलनकारीको मुख्य माग हो ।

 

यता सरकारको दमन जारी रहे राष्ट्रसंघ सुरक्षा परिषदले थप कारवाही गर्न सक्ने फ्रान्सले जनाएको छ । सैन्य आक्रमणमा परि हालसम्ममा दर्जनौले ज्यान गुमाइसकेका छन् ।