इराक सरकारका पदाधिकारीले हिजो जनाएअनुसार, इराकमा सोही दिन धेरै पटक बम विस्फोटका घटना भएका छन्, जसबाट 3 जनाको मृत्यु हुनुका साथै 15 जना घाइते भएका छन्।
प्राप्त समाचारअनुसार, एकजना प्रहरीलाई सोही दिन दिउँसो अज्ञात व्यक्तिले गोली हानेर मारिदिएको छ।यसका साथै बारुद लादिएको अर्को कार सोही दिन दिउँसो बग्दाद शहरको पश्चिमी भागमा विस्फोट गराइएको छ, जसबाट यसका चालकको मृत्यु हुनुका साथै दुई जना सर्वसाधारण घाइते भएका छन्। हिजो बेलुका प्रहरीको एउटा कार बम विस्फोटमा परेको छ, जसबाट एउटा बालकको मृत्यु हुनुका साथै 6 जना प्रहरी र 13 जना अन्य घाइते भएका छन्।