विश्वका मुख्य स्टक बजारमा ठूलो परिमाणमा गिरावट

अर्थतन्त्रको भविष्यप्रति निराश बनेर बजारमा आतङ्कित भावना फैलिएकोले हिजो विश्वका मुख्य स्टक बजारमा ठूलो परिमाणमा गिरावट आएको छ। अमेरिकी स्टक बजारमा हिजो सन् 2008 को मौद्रिक संकटयता आर्थिक रुपमा सबभन्दा खराब दिनको अनुभव गरियो। तीनवटा मुख्य स्टक सूची चार प्रतिशतले घटे भने यूरोपका मुख्य स्टक बजारमा पनि स्टक सूची तीन प्रतिशतले घटेका थिए। ल्याटिन अमेरिका स्टक बजारका मुख्य स्टक सूची पनि पाँच प्रतिशतले तल झर्‍यो। यस पृष्ठभूमिमा आज एशियाली स्टक बजार सुरु भएपछि अधिकांश स्टकको मूल्य तल झरेको छ। यसका साथै हिजो अन्तर्राष्ट्रिय क्षेत्रमा तेलको भाउ पनि पाँच प्रतिशतले घट्यो भने कच्चा तेल बजारमा ठूलो परिमाणमा बिक्री भएको पनि देखियो।

            यस पटक विश्वको स्टक बजार ठूलो परिमाणमा घटेको मुख्य कारणको विश्लेषण गर्दै विश्लेषकहरूले भने – एक, यूरोपेली सार्वभौमिक मुलुकको ऋण संकटको फैलावटबाट चिन्ता उठाइयो। दोस्रो, भर्खरै ऋण सम्झौता उल्लङ्घन हुने खतराबाट जोगाइएपछि अमेरिकामा दोस्रो पटक आर्थिक मन्दी देखा पर्ने सम्भावना बढेको छ। केही विश्लेषकले भने- निराशा नबढ्ने कुरा एउटै मात्र छ , त्यो भनेको ,हालै नवस्थापित आर्थिक एकाइले विश्वको आर्थिक पुनःरुत्थानमा अझ महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।