थाइल्याण्डको संसदले यिगंलक सिनावात्रालाई मुलुककै पहिलो महिला प्रधानमन्त्रीमा चयन

थाइल्याण्डको संसदले यिगंलक सिनावात्रालाई मुलुककै पहिलो महिला प्रधानमन्त्रीमा चयन गरेको छ ।

 

सैनिक कू मार्फत सत्ताच्यूत पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी यिगंलक नेतृत्को फिउ थाई पार्टीले गत महिना सम्पन्न आमनिर्वाचनमा बहुमत हासिल गरेको थियो । फयूथाई पार्टी तथा केही साना दलले थाई संसदको तल्लो सदनमा बहुमत हासिल गरेपछि उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । उनी देशको २८ औं प्रधानमन्त्री बनेकी हुन् । फयूथाई पार्टी तथा सरकारका सहयात्री साना दलको गठबन्धनले संसदमा दुई तिहाई बहुमत पुराउन सफल भएको छन् ।

 

६ दल सम्मिलित गठबन्धनले ५ सय सिटको संसदमा ३ सय सिट पुर्याएको छ । ५ सय सदस्यिय संसदको तल्लो सदनका २ सय ९६ सदस्यले यिगंलकको पक्षमा मतदान गरेका थिए भने ३ जना सांसदले बिपक्षमा मतदान गरेका थिए । थाइल्याण्डका नरेश भुमिबोल अब्दुल्यादेजले केही दिन भित्रै एक औपचारिक कार्यक्रम मार्फत अनुमोदन गर्नुहुने भएको छ । यिगंलकले आफु राष्ट्रिय एकताको लागि काम गर्ने प्रतिबद्ध ब्यक्त गर्दै आएकी छिन् ।