गोली हानी मारेको घटनालाई लिएर लण्डन जल्यो, पेट्रोल बम प्रहार,पसलहरुमा लुटपाट जारी

Rioters and police in Tottenham, north London


बेलायत स्थित उत्तरी लण्डनको टोटनह्याममा प्रहरीले २९ वर्षिय युवक मार्क डगनलाई गोली हानी मारेको घटनालाई लिएर प्रहरी र प्रदर्शनकारीबीच व्यापक झडप भएको छ ।

 

झडपका कारण जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले प्रहरी माथि पेट्रोल बम प्रहार गर्नुका साथै प्रहरी भ्यान , वस र भवनहरुमा आगो लगाएका छन् । अग्नी नियन्त्रकहरु पनि प्रदर्शनकारीको निशानामा परेका छन् ।

Riot police in Tottenham

 

कयौ प्रहरी अधिकृतलाई अस्पताल भर्ना गरिएको छ भने अरु धेरै घाइते भएका छन् । पसलहरुमा लुटपाट मच्चिएको जनाइएको छ । प्रहरी चौकी अगाडि भेला भएकाहरुले आफुहरुले न्याय पाउनु पर्ने बताएका छन् ।

Police officers standing in a line

 

तर अधिकारीहरुले भने घटनाबारे सत्य तथ्य पत्ता लगाउन पहिला शान्त रहनु आवश्यक भएको बताएका छन् । प्रहरीले डगनको हत्या बारे अनुसन्धान शुरु गरिएको जनाएको छ ।

A passer-by takes a photo of the remains of a double decker bus.
A firefighter sprays water into a burnt-out pub in Tottenham, north London.Emergency services at the scene of a fire in Tottenham, north London.Police on horses and vansA shop and double decker bus burn as riot police try to contain a group of people in Tottenham