मुस्लिमहरूको पवित्र पर्व रमादानमा पनि लिबियामा युद्ध जारी छ। केही दिनदेखि यता लिबियाका सरकारी सेना र विपक्षी समूहले धेरै क्षेत्रमा गोली हानाहान गरेका छन्। विपक्षी समूहले रमादान पर्व सम्पन्न हुनुअघि लिबियाको राजधानी त्रिपोलीमा नियन्त्रण जमाउने घोषणा गरेका छन्। तर श्री गद्धाफीले सरकार-विरोधी समूहले युद्धमा पाएको केही सफलता छोटो समयसम्म मात्र टिक्ने बताउनुभयो।
हिजो लिबियाको विपक्षी समूहका प्रवक्ताले पूर्वी क्षेत्रमा बोल्दै एउटा सशस्त्र टोलीले सरकारी सेनालाई नयाँ चरणको प्रहार गरेको बताउनुभयो। उहाँले सरकारी-विरोधी समूहले जलितान भन्ने स्थानको नजिकै नियन्त्रण कायम गरेको पनि बताउनुभयो।
तर लिबियाका प्रधानमन्त्रीले हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारी सेनाले सरकाबिरोधी समूहबाट महत्वपूर्ण शहर बिर अल घानाम लाई फेरि नियन्त्रणमा लिएको बताउनुभयो।