विहान उठ्ने बित्तिकै चुरोट सेवन गर्नेहरुमा क्यान्सरको सम्भावना बढी

अमेरिकी अनुसन्धानकर्ताहरुले विहान उठ्ने बित्तिकै चुरोट सेवन गर्नेहरुमा क्यान्सरको सम्भावना अरुको तुलनामा बढी भएको जनाएका छन् । करिब ८ हजार चुरोट सेवन गर्नेहरुमाझ गरिएको अध्ययनले विहान उठेको पहिलो ३० मिनेटमा चुरोट सेवन गर्नेहरुमा फोक्सोको क्यान्सरको खतरा उच्च रहेको देखाएको छ ।

 

विहान उठ्ने बित्तिकै चुरोट सेवन गर्दा चुरोटको धुवा बढी मात्रामा फोक्सोमा पुग्दछ । अमेरिकाको पेन स्टेट कलेज अफ मेडिसिनका वैज्ञानिकहरुले गरेको यो अनुसन्धानमा उठेर करिब १ घण्टा हिडे पछि मात्र चुरोट सेवन गर्नेहरुमा तुलनात्मक रुपमा क्यान्सरको जोखिम कम हुन्छ ।

 

तर उनीहरुमा पनि क्यान्सर रोगको सम्भावना रहेकै हुने अनुसन्धानकर्ताहरुको भनाई छ ।