लिवियाका विद्रोही नेता मुस्ताफा अब्देल जलीलले मन्त्रीपरिषद् भंग गरेका छन् । उनले प्रधानमन्त्री महोम्मद जिब्रिललाई नयां मन्त्रीमण्डल गठन गर्न आग्रह गर्दै मन्त्रीषरिषद् गरेका हुन् ।
गत महिना विद्रोहीका सैन्य कमाण्डर अब्देल फताह युनिसको हत्यापछि विद्रोही समूहभित्र बढ्दो असन्तोषलाई सम्बोधन गर्न मन्त्रिपरिषद् भंग गरिएको बताइएको छ । विद्रोहीका प्रवक्ता साम्सिद्धीन अब्दुलले क्रान्तिलाई परिपक्क र जनतालाई दायित्व निर्वाह गराउने बनाउन पनि पूनर्गठन आवश्यक भएको तर्क गरेका छन् ।
विद्रोहीको संक्रमणकालीन राष्ट्रिय परिषद्का सदस्य फति टर्वेलले जनरल युनिसको हत्यापछि सैन्य, सुरक्षा र सञ्चार क्षेत्रको असक्षमताबाट माथि उठ्न पनि मन्त्रीपरिषद् पूनर्गठन आवश्यक भएको बताएका छन् ।
युनिसको हत्याका कारण विद्रोही नेताहरुबीच नै फाटो आउन थालेको छ । तर उनको हत्या कसले ग