प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको चासो स्वरुप हालसम्म राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, माओवादी, काँग्रेश र एमाले कै शीर्ष नेताहरुले भेट्न त परै जाओस सम्पर्क समेत गरेका छैनन । अझ प्रधानमन्त्रीलाई उच्च ज्वरोसंगै पखालाले समेत सोमवार देखि च्यापेको खवर सञ्चार माध्यममा आएपनि राजनीतिक वृत्तिले खासै चासो नदेखाउनु उदेक लाग्दो बनेको छ ।
राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, सभामुख, उपसभामुखसंगै माओवादीका अध्यक्ष पुष्पकमल दहाल, उपाध्यक्षद्वय वावुराम भट्टराई र मोहन बैद्य, काँग्रेशका अध्यक्ष सुशील कोईराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा मात्र नभई एमालेकै केपी शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, शंकर पोखरेल, विष्णु पौडेल, वामदेव गौतमलगायतले भेटेका छैनन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले यी लगायतका व्यक्तित्वहरुले टेलीफोन सम्पर्क गरेको जानकारी समेत आफूलाई न भएको पुष्टि गरे ।
प्रधानमन्त्रीलाई बिरामीको सामान्य लक्ष्ण शुक्रवार दिउँसोदेखि शुरु भएको थापाले वताए । तापनि शनिवार आराम गर्नुको साथै केन्द्रीय समितिको वैठकमा गएर फर्के पछि रुघाखोकी र ज्वरोले च्यापेको थियो ।