– बसन्त श्रेष्ठ , भर्जिनिया, अमेरिका
उज्यालो घर्केर
रात पर्न बेर लाग्दै गर्दा
साँझ केहि क्षण आराम गर्न
पृथ्बी मा झर्यो |
जिबनको कोलाहल भित्र
रातको शुन्यताको कहर अघि
साँझ परेको यो चपेटामा
खलबल खलबल मच्चिएको छ
यस मझधार को समय मा |
भोलिको उज्यालोको प्रतिक्षामा
रात भर छटपटाहट
प्रसव बेदनाको पीडा पछी
प्राप्त झिसमिसे उज्यालो
खस्न नपाउदै उर्लेका खुशी हरु
झर्न नपाउदै तप्केका आँशु हरु
समय घर्केको याद कसैलाई नहुदा
घरको आगनमा
छानाको छायाँ
मनका आस्था हरु
बलियो गरि बाँध्न नपाउदै
घामको पारिलो तेजले
चिसो भुइँ सुक्न नपाउदै
घाम डाँडा माथि अस्ताईदिन्छ
जुन आकाश भरि फैलिन खोज्छ
अनि साँझ ले घरको मझेरीमा थपक्क पाइला हाल्छ |
रात निस्तब्धता ले छाउँछ
भय त्रास र पीडाले
मन मस्तिष्क भयाबह बनाउछ
कुनै निश्चित रेखा नकोरेर
कुनै निर्दिष्ट दिशा बोध नगर्दै
मधुरो प्रकाश मा
किर मिर किरमिर देखाउदै बाटाका रेखा हरु
काँडा काँडाका भबिष्य हरु
था