– क्रान्ति श्रेष्ठ, जापान, सिजुका
अक्सर तिनी बार को काउन्टरमा बसेर पिइरहेकी हुन्छे | अघिल्तिर कक्टेल्स को ग्लास अनि चुरोट को धुवा उडाउदै टह्ल्लिरहने अन्तर्मुखी चरित्र |प्राये कसै सँग बोल्दिन | बार को वरपर बसेर मदिरा पिइरहेका अन्य मानिसहरु को हल्ला ले पनि तिनलाई केही फरक पर्दैन | बरु उल्टै चुरोट्को धुवासङै कता कता उडीरहेकी हुन्छे | अनि कक्टेल्स सँगै आफ्ना सुख दु:खहरुलाई पिईरहेकी हुन्छे |
त्यही बार जहाँ म महिनामा एकाध टहलिन जाने गर्छु | मलाई कक्टेल्स उतिसारो मन पर्दैन तर डेरा नजिकै रहेको तेस बार मा बिदेशी बियर भने पिउन मन लाग्छ | करीब बर्ष दिन जती भयो होला म त्यहा जान थालेको | मोटी मोटी , गोरी अनी चिम्सा आँखा भएकी ति जापानी युबतिलाई त्यहाँ जान थाले देखी एउटै आसन र एउटै भाव मा देखिरहेको छु | मलाई पूर्ण विश्वाश छ तिनले याद गरेकी छैन तर मैले भने तिनलाई पहिलो पटक देखी नै याद गरिरहेको छु | कुन्नी किन हो तिनी मेरो स्मरण म घुसिन | म आँफैलाई थाहा छैन | न त म मा कुनै प्रेम भाव नै पैदा भएको छ |
करीब एक महिना अघि म त्यस बार मा जादा पनि त्यही सिट्मा बसिरहेकी देखेथे | शायद त्यो तिन् को रीजर्भ सिट जस्तै भैसकेको होला |प्राये दिनहु पिउन आउदी होलिन त्यो त थाहा भएन | तर केही समयएको अन्तराल मा त्यहा पुग्दा पुरानै पृष्ठभूमीमा झुल्किरहेकी हुन्छे | तेस दिन म त्यहा पुग्दा सबै सिट हाउसफुल जस्तै भइसकेको थियो | शुक्रबार को दिन यसै पनि भिडभाड हुने भयो नै |गर्मिले अलास तलास भएको शरीरलाई चिसो बियर ले चङ्गा बनाउन त्यहा पुगेको मलाई सिट नपाउदा सबै को सामुन्ने अफ्ट्यारो मात्र होइन रिस पनि उठेको थियो | अकस्मात काउन्टर अघी को सिट खाली भयो जस्को दाँया पट्टी ती युबती आफ्नै धुन मा मस्त थिई |
प्राय देखिरहने तर बोलिचाली नभएको अझ भनु नजानिदो पारिवारिक भैसकेको अनुहार | मलाई उ सँग गफ गर्न काउकुती लागि रहेको थियो | चुरोट को धुवा र कक्टेल्स को मादकतमा हराइरहेकी तिन्लाई कोट्ट्याएर बोलाउन मन ले आट गरिरहेको थिएन | मैले युबतीलाई