घरदैलो अभियानमा काग्रेस, सन्धिखर्कमा वृहत प्रर्दशन गर्ने तयारी

– वीरेन्द्र केसी


अर्घाखाँची – शान्ति र संविधानका लागि दवाव दिनका लागि प्रतिपक्ष दल  नेपाली काग्रेसले आफनो पक्षमा जनमत बटुल्न गाउँ अभियानमा लागेको छ ।


जिल्लाका सबै गाविसमा घरदैलो अभियान अन्तरगत जनतालाई शान्ति र संविधानका लागि एकजुट बनाउनका लागि जिल्ला स्तरका सबै नेताहरु गाउँमा पुगेको काग्रेसले जनाएको छ । भदौ १४ सम्म शान्ति प्रकि्रयाका काम पुरा हुन नसके र संविधान बन्न नसके त्यसपछिको वृहत आन्दोलनका लागि तयारी गर्न समेत घरदैलो अभियान सञ्चालन गरेको हो ।


४२ मध्ये २० गाविसमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ जिल्ला सभापति कमलप्रसाद भुसालले भने बाँकी गाविसमा पनि अभियान चलिरहेको छ । गाउँमा शान्ति र संविधानका लागि एकजुट हुनका लागि सर्वसाधारणसँग छलफल अन्तरकि्रयाका सथै कार्यकर्ता भेटघाट देखी सगठन मजबुत बनाउनका लागि जिल्ला र क्षेत्रीय स्तरका करिब एक सय जना नेताहरु गाउँमा खटिएको उनले बताए ।


एक महिने घरदैलो अभियान पछि काग्रेसले सदरमुकाम सन्धिखर्कमा वृहत प्रर्दशन गर्ने तयारी गरेको छ ।