सहकारीले अर्घाखाँचीका गाउँ ऋण मुक्त

– वीरेन्द्र केसी


अर्घाखाँची – गाउँलेले समुह बनाएर खोलेका सहकारीले गाउँलाई ऋण मुक्त बनाएको छ । सबै गाविसमा टोलैपिच्छे सहकारी समुहहरु गठन भएका छन । ४२ गाविसमा १ सय ४० सहकारी सञ्चालनमा रहेकाले सबै गाउँ ऋण मुक्त भएका छन ।

 


अर्घाखाँची नुवाकोटको देउराली कृषि सहकारी सस्थाका महिला पदाधिकारीहरु समुहमा छलफल गर्दै । सहकारीले महिलाहरुलाई वचत गर्न बानीको विकास गर्नुका साथै जम्मा गरेको पैसा ऋण लिएर आयआर्जन गर्न थालेका छन ।



नुवाकोटमा सञ्चालनमा रहेको देउराली कृषि सहकारी समुहले दुई वर्षमै ४ लाख रुपैयाँ संकलन गरेको छ । समुहकी उपाध्यक्ष सकुन्तला खनालका अनुसार १ सय ७१ ज्ना शेयर सदस्यबाट मासिक १ सय रुपैया उठाएर समुहमा बचत भएको छ । कोषमा जम्मा हुने रकम सहुलियत दरमा ऋण दिने गरेका छौ उनले भनिन कसैलाई पैसाको आवश्यक्ता परे ऋण दिएका छौ । महिलाहरुले बचत गर्ने बानीले बैक र कसैसित पैसाको लागि ऋण माग्न जानु परेको छैन उनले भनिन सहकारीले हामिलाई ठुलो टेवा दिएकाले दुई वर्ष देखी सबै महिलाहरु पैसाको लागि श्रीमानको कमाईको भर पर्न छाडेका छन ।

सहकारीमा पैसा जम्मा गर्न थालेपछि कसैकहाँ ऋण माग्न जान छाडेको बताउँदै जम्मा भएको रकमले १ सय जना कृषकलाई अदुवा खेती पशुपालन तरकारी खेतीमा लगानी गरेको बताईन । दुई वर्ष पहिले गरिबी महिलाहरु समुहमा जम्मा गरेको पैसा ऋण लिएर बाख्रा कुखुरा तरकारी खेती लगायत कुनै एउटा पेशा अनिवार्य गर्नुपर्ने नियम बनाएपछि गरिब महिलाहरु अहिले धनी भएको उनको भनाई छ । महिनाको एक सय रुपैयाँ समुहमा जम्मा गर्न श्रीमानसँग नमाग्ने नियम बनाएका छौ आफैले श्रम गर्न लगाईन्छ शर्मिला पोखरेलले भनिन अब श्रीमानले कमाईको भर पर्नु परेको छैन । दुध कुखुरा तरकारी बेचेर मासिक एक सय रुपैयाँ संकलन गर्छौ र समुहको कोषमा जम्मा गरेपछि आफुलाई चाहिएको बेला ऋण लिन सजिलो भएको छ मासिक पैसा जम्मा गर्ने बानीले बचतसँगै पशुलापन कुखुरा तरकारी लगायतका उत्पादन गर्नमा महिलालाई जाँगरिलो बनाएको छ ।


बचत गर्न घरैपिच्छेका महिला पछिल्लो पटक सकि्रय भएका छन । साथमा एक पैसा नहुने महिलाको लागि यस्ता समुह हाम्रो लागि बैक भएको छ उनले भनिन गाउँमा कोही सुत्केरी भयो विरामी भएमा सजिलै समुहबाट पैसा चलाउन पाईन्छ । यही संकलन भएको पैसाले भिरालाबारीलाई सम्याउने फलफुल खेतीको देखी अन्न र तरकारी उत्पादनमा समेत लगानी गर्दै आएका छन । सुर्यकिरण सहकारी सस्था लि. धनचौरका सचिव केशव रेग्मीले १ लाख १६ हजार रुपैयाँ समुहको कोषमा संकलन भएको बताए । ५६ जना शेयर सदस्यले महिनामा एक सय रुपैयाँ जम्मा गर्छन ।


सहकारीमा जम्मा भएको रकमले जीवन स्तरमा सुधार आएको छ उनले भने आर्थिक हिसाबले गाउँमै बैक जस्तै भएको छ । आवश्यक परेको बेला समुहबाट ऋण लिन पाईने र केही पेशा व्यावसाय गर्नलाई सजिलो भएको उनले बताए । महाभारत कृषि सहकारी संस्था धनचौरका सचिव मोती भटराईका अनुसार १ सय ५० जना सदस्य पुगेका छन । सबैले महिनामा एक सय रुपैयाँ जम्मा गर्छन । तीन वर्षमा समुहको कोषमा ३ लाख ५० हजार रुपैयाँ छ । सदस्य भित्रकालाई १६ प्रतिशत ब्याजमा ऋण दिएका छौ सहकारीबाट पैसा निकालेर आयआर्जन देखी पेशा व्यवसाय धेरैले गरेको बताए । सहकारीमा पैसा जम्मा गर्न भन्दा पहिले थोरै पैसा खोज्दा धेरै दुःख पाईन्थ्यो तर अहिले धेरै सजिलो भएको छ उनले भने सहकारी त हाम्रो लागि बैक जस्तै हो । सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र सिग्रेड नेपालले गाउँमा समुह बनाएर सहकारी मार्फत सानो रकम बचत गर्न सिकाएपछि गाउँले सहकारीमा आबद्ध हुनेको सख्या बढदै गएको छ ।


फुदवाङको साना कृषि सहकारी सस्थाले जिल्लामै सबैभन्दा धेरै रकम संकलन गरेको छ । प्रवन्धक विष्णु मरासीनिका अनुसार सहकारी खोलेका ४ वर्षमै १२ लाख ६७ हजार आम्दानी गरेको छ । ५ सय ७७ जना कृषकले मासिक एक सय रुपैयाँ कोषमा जम्मा गर्छन । उक्त रकम कृषि क्षेत्रमा लगानी भएको छ ।


कृषि सहकारी संघका जिल्ला अध्यक्ष ढुण्डिराज ज्ञवालीका अनुसार सहकारीले गाउँमा ठुलो परिवर्तन ल्याएको छ । गाउँका सामान्य कृषकले पनि सानो रकम बचत गर्ने बानीको विकास भएको छ उनले भने ऋण लिन सजिलो भएको छ । गाउँमा तरकारी खेती पशुपालन लगायत कृषि क्षेत्रमा लगानी गर्न सहकारी मार्फत धेरै सजिलो भएको छ ।