बेलायत भर ब्यापक हिंसा फैलिदै, ३ को मृत्‍यु, आगजनी, तोडफोड र लुटपाट जारी, नेपाली विधार्थी समेत सहभागी


A rioter walks through a burning barricade on Smithdown Road in Liverpool, as around 200 missile-throwing youths gathered in the Toxteth area of Liverpool बेलायतको टोटनह्याम शहरमा प्रहरीले २९ वर्षिय युवक मार्क डगनलाई गोली हानी मारेको घटनाको विरोधमा भड्किएको दंगा चौथो दिन बेलायतका विभिन्न शहरमा फैलिएको छ ।

 

राजधानी लण्डनमा भने व्यापक प्रहरी परिचालन गरेपछि स्थिति केही शान्त रहेको बताइएको छ । लण्डन महानगरका विभिन्न भागमा तेस्रो रात पनि ब्यापक आगजनी, तोडफोड र लुटपाट मच्चिए पछि करिब १६ हजार प्रहरी परिचालन गरिएको छ । हिंसाका क्रममा गए राती तीन जनाको मृत्‍यु भएको जनाइएको छ।

A Miss Selfridge shop on fire in Market Street in Manchester city centre

यसैगरी अर्घाखाँचीडट्कमलाई जानकारीमा आए अनुसार दर्जनौ वेरोजगार नेपाली विधार्थीहरु समेत सहभागी रहेका छन। ति सबै वेरोजगार र लण्डनमा बासोबासो आएका छन।

 

म्यानेचष्टर , सालफोर्ड ,वुल्भरह्याम्टन, वर्गिङ्घग, लिभरपुल, नोटिङ्घम, व्रिस्टन लगायतका शहरमा व्यापक लुटपाट मच्चिएको छ । यता क्य्रोडोन शहरमा गोली लागि घाईते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीले विभिन्न शहरबाट ७ सय ६८ भन्दा बढीलाई पक्राउ गरेको र १ सय ५ जनालाई सार्वजनिक मुद्धा लगाएको जनाएको छ ।

Looters carry boxes out of a home cinema shop in central Birmingham

सुरक्षा निकाय स्कटल्याण्ड यार्डले शान्ति सुरक्षा कायम राख्न यसअघिको भन्दा पांच गुणा प्रहरी परिचालन गरिएको जनाएको छ । देशभित्र अचानक हिंसा भड्किएपछि ईटली भ्रमण छोट्याएर फर्किएका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले हिंसा र लुटपाटमा संलग्न कसैलाई पनि छुट नदिने चेतावनी दिंनु भएको थियो । उहांले देशको गंभीर परिस्थितिबारे छलफल गर्न संसद बैठक बोलाउनु भएको छ ।

Police stand guard at the Mailbox shopping and hotel complex in Birmingham

लुटपाट र हिंसाका कारण लण्डन ओलम्पिकको तयारीमा समेत प्रतिकुल प्रभाव परेको छ । टोटनह्याममा गत विहीबार भएको हत्याकाण्डको विरोधमा शनिवार गरिएको प्रदर्शन हिंसा र लुटपाटमा परिणत भएको हो ।

 

लुटपाट र तोडफोडका घटनामा अधिकांश अफ्रिकी मूलका र केही गोरा युवाहरु सहभागी रहेको प्रहरीले जनाएको छ । घटना जातीय हिंसातर्फ मोडिने त होइन भन्ने आशंका पनि गर्न थालिएको छ ।

A woman takes a photograph of a sign in a mobile phone shop in Clapham Junction, in south London