अमेरिकाले सिरियाका मुख्य बैंक र माबाईल फोन अपरेटर लगायतका क्षेत्रमा प्रतिबन्धको घोषणा

अमेरिकाले सिरियाका मुख्य बैंक र यसको माबाईल फोन अपरेटर लगायतका क्षेत्रमा प्रतिबन्धको घोषणा गरेको छ । अमेरिकाले सिरियाली राष्ट्रपति बशार अल असादको आर्थिक श्रोतलाई लक्षित गरि नयां नाकाबन्दीको घोषणा गरेको जनाएको छ ।

 

सिरियाली विभिन्न बैंकहरुले हतियारसंग सम्बन्धीत कारोवारमा राष्ट्रपति असादलाई सहयोग गरेको अमेरिकी आरोप छ । सिरियाली सेनाले हामा शहरमा १८ जना मानिसको हत्या गरे लगत्तै अमेरिकाले यो घोषणा गरेको हो । तर सिरियाले भने अमेरिकी कदमको भत्सर्ना गरेको छ ।

 

यसअघि सिरियामा प्रदर्शनकारी विरुद्ध व्यापक दमन भएको भन्दै साउदी अरब, बहराइन र कुवेतले आफ्ना राजदुत फिर्ता बोलाइसकेको छ । सिरियामा मार्च यता राष्ट्रपति असादको शासन विरुद्ध भैरहेको प्रदर्शनका क्रममा १७ भन्दा बढीको मृत्यु भैसकेको छ भने हजारौ मानिस पक्राउ परेको छन् ।