चीनमा गत महिना ४० जनाको मृत्यु हुने गरी रेल दुर्घटना भएपछि तिब्र गतिको रेल परियोजनामा रोक

चीनमा गत महिना ४० जनाको मृत्यु हुने गरी रेल दुर्घटना भएपछि तिब्र गतिको रेल परियोजनामा रोक लगाइएको छ । उक्त दुर्घटना भएपछि सुरक्षालाई ख्याल नगरेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो ।

चीनमा ३ सय किलोमिटर प्रति घण्टाको गतिमा चल्ने बुलेट रेलको नियमित सुरक्षा जांच भैरहेको छ भने सरकारले अब रेलको गति कम गर्ने घोषणा गरेको छ । जसअनुसार ३ सय ५० र २ सय किलोमिटर प्रति घण्टाको गतिमा चल्ने रेलहरुको गति ५० किलोमिटर प्रतिघण्टाको दरले कम गरिने छ ।

 

चीनको उच्च गतिको रेल नेटवर्ट विश्वकै सबैभन्दा ठूलो रेल नेटवर्ट मानिन्छ ।