अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा आज १० जना बिद्यार्थी निस्कासित

यूएई डेस्क) – अर्घाखाँची २७ साउन – आजको एसएलसी पुरक परीक्षामा अर्घाखाँचीमा १० जना बिद्यार्थी निस्कासित भएको अर्घाखाँची डट्कम् जिल्ला स्रोतले जनाएको छ। यधपी अबेर सम्म कुन केन्द्रबाट कती सिम्बोल नम्बरका बिद्यार्थी निस्कासन भएका हुन थाहा हुन सकेको छैन। थप जानकारी छिट्टै प्रकाशन गर्ने छौ।


अर्घाखाँचीका ४ वटा केन्द्रमा एसएलसी परीक्षा संचालन भई रहेको छ।


परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै १० जना परिक्षार्थीलाई निष्कासन गरिएको हो। अर्घाखाँचीको ईतिहासमा एसएलसीबाट परिक्षार्थी निष्कासन गरिएको यो नै पहिलो वर्ष हो, तर यस् वर्ष अत्यधिक बिद्यार्थी निस्कासित गरिएको छ।


मौका परिक्षामा जिल्लामा  १८१५ विद्यार्थीहरु सामेल भएका थिए । जसमा सबै भन्दा बढी गणित अगे्रजी र विज्ञानमा रहको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विगत वर्षहरुमा भन्दा अर्घाखाँचीमा एसएलसी परिक्षा मर्यादित हुदै गएको भनिएको भए पनि बिद्यार्थीको भबिश्य माथि नै प्रश्न चिन्ह खडा भएको छ भने अर्घाखाँचीका बिधालयहरुमा पठन पाठनको स्तर पनि झल्किएको बिश्लेशक हरुले बिश्लेशण गर्न लागेका छन।