– मोहिनी रिसाल
गत हप्ता पश्चिम लण्डनको टोटेनह्याम नगरमा स्थानीय सुरक्षा कारबाहीमा प्रहरीले गोली चलाउँदा अचानक मारिन पुगेका एक २९ वर्षीय अश्वेत युवक मार्क डुगानको मुत्युको विरोधमा सुरु भएको प्रदर्शनको दङ्गा फसाद, धरपकड र भागदौड कायमै रहँदा शान्त बेलायत सिङ्गै थप आक्रान्त बन्यो ।
शताब्दीऔंदेखि प्रजातन्त्र र स्वतन्त्रताको जननी मानिएको विश्व विख्यात राष्ट्र बेलायतमा यस प्रकारको ठूलो तोड्फोड्, आगजनी, लुटपाट र कानुनको चरम अवहेलना जस्ता घटनाले प्रश्रय पाउनु बेलायत तथा विश्व प्रजातन्त्रकै लागि ठूलो दुभाग्यपूर्ण हो ।
बेलायतजस्तो शान्त राष्ट्र्रमा यस घटनाबाट सृजित हिंसाका कारण बिहिबारसम्म चार जनाको मृत्यु भइसकेको छ भने हालसम्म करिव एक हजार व्यक्ति पक्राउ परिसकेका छन् ।
बेलायती राजनीति विज्ञ, अपराध शास्त्रविज्ञ तथा लामो समयसम्म बेलायतमै आपराधिक कानुन सम्बन्धी विषयमा अध्ययन गरेका नेपालका एक प्राध्यापकका अनुसार बेलायतको यो अनपेक्षित घटना केही बलिया कारणहरूबाट सृजित भएको हो ।
बेलायतमा यसअगाडी पारित भइ बेलाबखतमा परिमार्जन गरिएका उदार कानुनहरूले सुविधा दिएका कारण बेलायतमा अति विशाल सङ्ख्यामा आप्रबासीहरू भित्रिएकाले उनीहरूबाटै सृजित विसङ्गति, कुसंस्कृति र असन्तुष्टिले यस्तो राष्ट्रिय सङ्कट निम्त्याउछ भन्ने बेलायती सरकारले सोचेको थिएन ।
राजधानी लन्डनका अति व्यस्त व्यापारिक केन्द्र मध्येको एक प्रमुख स्थल टोटेनह्याम कोर्ट नजिक लण्डन प्रहरीले गरेको सुरक्षा कारबाहीको क्रममा गोली चलाउँदा अश्वेत युवकको मृत्यु हुनु पनि विरोधीहरूले अश्वेत व्यक्तिहरुको लागि ठूलो चुनौती र अन्यायको रुपमा लिएकाले र यसको प्रतिक्रिया स्वरुप हिंसा भड्किन गएको एक थरी विद्धानको धारणा छ ।
केही दशकयता बेलायतमा व्यापक रुपमा मिश्रित समाजको विकास भएको छ । सामाजिक स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकारको निर्वाध उपभोग गर्न पाइने बेलायतमा मिश्रित समाजको परिकल्पना र सामाजिक मेलमिलाप अत्यन्त राम्रो पक्ष हो, तर बेलायतमा प्राचीन कालदेखि नै काला र गोराको विभेदले जरो गाडेको हुँदा कालाहरूले