जर्मनीमा जर्मनी विभाजन गर्ने पर्खाल बर्लिन वाल निर्माणको ५० औं वार्षिकोत्सव



 

जर्मनीले, जर्मनी विभाजन गर्ने पर्खाल बर्लिन वाल निर्माणको ५० औं वार्षिकोत्सव मनाइरहेको छ । तात्कालीन कम्यूनिष्ट मुलुक पूर्वी जर्मनीले पश्चिम जर्मनीसंगको आफ्नो सीमा बन्द गर्न विशाल बर्लिन वाल निर्माण गरको थियो । दुई जर्मनी एकीकरण पूर्व २८ वर्ष सम्म यो पर्खाल कायम रहेको थियो ।


बर्नार स्ट्रीटमा आयोजित वार्षिकोत्सव समारोहमा बर्लिनका मेयर क्लाउस वावोरेटले पर्खाल ऐतिहासिक भएकोले बिर्सन नहुन बताउनुभयो । सम्झनालाई जिवन्त राखी स्वतन्त्रता र प्रजातन्त्रलाई नयां पुस्तामा हस्तान्तरण गर्दै अन्याय फेरि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नु सबैको साझा जिम्मेदारी भएको वावोरेटले भनाई थियो । समारोहमा जर्मनीका राष्ट्रपति क्रिष्टियन वाल्फ र चान्सलर एन्जेला मर्केल पनि उपस्थित हुनुहुन्थ्यो । सन् १९६१ को अगष्ट १३ मा तात्कालीन पूर्वी जर्मनीका सेनाले बर्लिन वाल निर्माण शुरु गरेका थिए ।

 

१ सय ६० किलोमिटर लामो यो पर्खाल निर्माणको उद्धेश्य पूर्व जर्मनीले भन्ने गरेको फासिवादी र गरिब पश्चिमी जर्मनलाई रोक्नु थियो । तर पर्खाल नाघेर क्रममा १ सय ३६ जना मारिएका थिए । तर दुई जर्मनीको एकीकरणसंगै सन् १९८८ मा यो पर्खाल भत्काइएको थियो ।