सिरियाको उत्तरी शहर लाताकियामा सरकारी सेनाले यूद्धपोत प्रयोग गरि सरकार विरोधी प्रदर्शनकारीमाथि आक्रमण

सिरियाको उत्तरी शहर लाताकियामा सरकारी सेनाले यूद्धपोत प्रयोग गरि सरकार विरोधी प्रदर्शनकारीमाथि आक्रमण गरेको छ ।

 

हवाई आक्रमणबाट ठुलो संख्यामा नागरिक मारिएको आशंका मानबअधिकारकर्मीको छ । यूद्धपोतमार्फत बम आक्रमण र टयांक मार्फत अन्धाधुन्द गोलाबारी हुदाँ २० जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स समुहले जनाएको छ ।

 

शनिबार रातिदेखि जारी रहेको सैनिक कारवाहीमा २० वटा ट्यांक र सैनिक गाडी प्रयोग गरेको छ । विभिन्न शहरमा स्वतन्त्रताको मागसहित मार्च देखि प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा सरकार समर्थितको आक्रमणबाट हालसम्म १७ सय भन्दा बढि मारिएको मानबअधिकारकर्मीले जनाएका छन् । त्यहाँ जारी राजनीतिक हिंसा प्रति अमेरिका, साउदी अरेबिया, राष्ट्रसंघ लगायतले चिन्ता व्यक्त गरेका छन् ।

 

सिरियामा ५० वर्षदेखि वाथ पार्टी सत्तामा छ भने राष्ट्रपति असाद ११ वर्षदेखि सत्तामा हुनुहुन्छ ।