भारतमा ६५ औ स्वतन्त्रता दिवस, सुरक्षामा उच्च सतर्कता

 


भारतले आज आफ्नो ६५ औ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा राजधानी दिल्ली लगायत विभिन्न सहरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

बिशेष गरी गृहमन्त्रालयले दिल्ली, बैंगलोर, चेन्नई, कोलकत्ता र मुम्बईमा प्रहरीलाई अत्यधिक सतर्कतामा रहन आदेश दिएको छ । अर्धसैनिक बललाई ठाँउ ठाँउमा तैनाथ गरिएको छ भने राजधानी दिल्लीका आकाशमा हेलिकप्टर र बिमान गस्तीको ब्यबस्था पनि गरिएको छ ।

 

आतंकवादी हमलाको सम्भावित खतरालाई ध्यानमा राख्दै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको हो । संसद भवन, विमानस्थल, सार्वजनिक स्थल, रेल्वे स्टेशन, सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । कयौं विद्रोही संगठनहरुले भारतीय स्वतन्त्रता दिवसलाई कालो दिनको संज्ञा दिदै बहिष्कारको आह्वान गरेको बताइएको छ ।