इराकमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ३४ जनाको मृत्यु भएको छ । पहिलो बिस्फोट राजधानी बग्दादको सडक छेउमा र अर्को बिस्फोट दक्षिणपूर्वी शहर कुटमा रोकी राखेको कारमा भएको थियो ।
बिहानीको समयमा बिस्फोट भएकाले मृत्यु हुनेमा अधिकांश किनमेलमा ब्यस्त नागरिक परेका छन् ।
थुप्रै घाइते भएको र घाइते हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।