रोजी रोजी दाउ हान
रोजी रोजी माल
दाउ पेचमा लाग्दा लाग्दा
बिते कयौ साल ।
न तिमीले थाहा पायौ
न मैले पाए चाल
सत्ता,भत्ता खाने हाम्रो
बिग्रेला कि ताल ।
ताल यहाँ बिग्रे पछी
हुने हाम्रै बेहाल
जसरी हुन्छ टिकाइ राखौ
हामी खेल्ने खाल ।
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल
नत्र जनता ठटाउलान
गनतत्रमा झै थाल ।
कहिले तिम्रो बहिर्गमन
कहिले हाम्रो बहाल
कहिले तिमी मलामाल
कहिले मेरो कमाल।
तिम्रो घर चामल छिर्यो
मेरो घरमा दाल
जनता होला भोको तिर्खा
हामीलाई छ फालाफाल
रोजी रोजी दाउ हान
रोजी रोजी माल
कसरी हुन्च चाल्नुपर्छ
अर्को नयाँ चाल ।