कुनै पनि राजनीतिक वार्ता गद्दाफीले पद त्याग्ने पुर्व शर्तमा चालिने लिबियाको बिरोधी पार्टीद्धारा व्यक्त

लिबियाको “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”का अध्यक्ष मुस्तफा अब्देल जलिलले कुनै पनि राजनीतिक वार्ताको आयोजनाको पुर्व शर्तमा गद्दाफी पदबाट हट्नु पर्ने बताउनुभएको छ।

              श्री जलिलले सोही दिन आयोजित पत्रकार सम्मेलनमा “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”ले गद्दाफी अधिकारी र संयुक्त राष्ट्र संघका महासचिवको लिबिया सम्बन्धी समस्याका विषेश दूत अब्देलिलाह मोहमद अल खातिबबीचमा कुनै किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष छलफल गर्न अस्वीकार गर्नुभयो। लिबियाको संकट सम्बन्धीत कुनै पनि राजनीति वार्ता “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”सँग चाल्नुपर्छ र “राष्ट्रिय सङ्क्रमणकालीन परिषद” लिबिया जनताको कानूनी प्रतिनिधि हुनुका साथै गद्दाफीको पदबाट हट्न र उनको परिवारलाई लिबियाबाट निस्कासित गर्ने पुर्वाधार राखेर मात्र कदम चाल्नुपर्ने कुरा पनि श्री जलिलले बताउनुभयो।