भारतले डेनमार्कसँगको सबै सम्बन्ध तोड्ने निर्णय

डेनमार्कका विदेश मन्त्रीले भारतले डेनमार्कसँगको सबै सम्बन्ध तोड्ने निर्णय गरेको बताउनु भएको छ ।

          भारतका लागि डेनमार्कका राजदूतले पनि नयाँ दिल्लीमा डेनमार्कको समाचार समितीलाई भारतले डेनमार्कसँगको सबै सम्बन्ध चिसिएको बताए । यसअघि भारतीय अर्थ मन्त्रीले डेनमार्कसँगको सबै योजना तथा कार्यक्रमको बारेमा विदेश मन्त्रालयबाट पूर्व परामर्श गर्नु पर्ने बताएको थियो ।

           यसरी सम्बन्ध बिग्रनुको पछाडि डेनमार्कका नागरिक निएल्स होल्क रहेका छन् । सन् 1995मा भारतको पूर्वी राज्य पश्चिमी बङ्गालको एक क्रान्तिकारी समूहलाई उनले हतियार उपलब्ध गराएको कारण भारत सरकारले सो व्यक्तिलाई सुपुर्दगी गर्न डेनिस सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ । तर भारत सरकारको उक्त आग्रहलाई पहिले डेनिस शहरी अदालतले र हालै डेनिस सर्वोच्च अदालतले पनि अस्वीकार गरेको छ ।